प्रवासखबर सम्बादाता ३ं० असार काठमाण्डौ

झण्डै दर्जन फिल्म खेलिसकेका नायक दिनेश केसीले एक फिल्मको लागि निकै महंगो पारिश्रमिक बुझेका छन् । दोलखा फिल्मस्को ब्यानरमा निर्माण हुन गइरहेको एक अनटाइटल प्रोजेक्टको लागि उनले १० लाख पारिश्रमिक बुझेका हुन् ।

२०६७ सालदेखि यो रंगिन दुनियामा प्रवेश गरेका नायक केसीले बल्ल आएर एक राम्रो व्यानरमा जोडिने मौका पाएको बताए । छिट्टै फ्लोर जाने भनिएको यो चलचित्र विसुद्ध प्रेम कथामा आधारित रहनेछ । चलचित्रमा ४ नायिका रहने नायक केसीले डिसीनेपाललाई बताएका छन् । हाल नायिका छनौटको क्रममा रहेको फिल्म निर्माण संस्था दोलखा फिल्मस्ले जनाएको छ ।

Read More